• TOKHA LIVE

      TOKHA LIVE

    • ३ असार २०७८, बिहीबार ०८:१८

    आत्मघाती गोलले फ्रान्ससंग जर्मनी पराजित

    २०७८ असार ३ गते

    काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति खेलिएको समूह ‘एफ’को दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको छ। जर्मनीको घरेलु मैदान ‘म्युनिख’मा भएको खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको थियो। फ्रान्स तथा बायर्न म्युनिखका फूल ब्याक ‘लुकास हरनान्डेज’को क्रस जर्मनीका रक्षक ‘म्याट हमल्स’लाई लागेर आत्मघाती गोल हुँदा वर्तमान विश्वकप विजेता फ्रान्सले खेलमा अग्रता लिएको थियो।

    दोस्रो हाफमा अघिकांश समय बल पोसेसनमा हैकम जनाएपनि जर्मनीले खेलमा कुनै गोल भने गर्न सकेन। करिब ६५ प्रतिशत बल पोसेसन बनाएको जर्मनीले खेलमा कुल १० शट प्रहार गर्दा मात्र १ शट अन टार्गेट राख्न सफल भएको थियो। यसका साथै बलियो टोली जर्मनीलाई घरेलु मैदानमै पराजित गर्दै फ्रान्सले युरो कप २०२० मा शुखद शुरुवात गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै