• TOKHA LIVE

    • ३ असार २०७८, बिहीबार ०६:२५

    इटाली युरोकपको अन्तिम १६ मा प्रवेश :-

    टाेखा लाइभ डट कम / असार २,२०७८
    एजेन्सी/युरोकप ४ पटकको विश्व च्याम्पियन इटाली युइएफए युरो २०२० को अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको छ। इटालीले हिजो राति स्विजरल्यान्डलाई ३–० गोलले हराउँदै प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाउने पहिलो टोली बनेको हो।

    रोमस्थित स्टाडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटालीका लागि म्यानुएल लोकाटेलीले दुई तथा सिरो इम्मोबेले ले एक गोल गरे।खेलको २६औं मिनेटमा इटालीले  लोकाटेलीले डोमेनिको बेरार्दीलाई दिएको लोभलाग्दो पासबाट सुरु भएको आक्रमणमा बेरार्दीकै क्रसमा ट्याप इन गर्दै लोकाटेलीले  पहिलो गोल गरे। खेलको५२औं मिनेटमा इटालीले अर्को गोल निकोलो बरेल्लाको छोटो पासलाई नियन्त्रणमा लिँदै लोकाटेलीले बक्सको ठिक बाहिरबाट देब्रे खुट्टाले आफ्नो र इटालीको दोस्रो गोल गरे। ८९औं मिनेटमा इटालीले खेलको तेस्रो र अन्तिम गोल ग¥यो। यसपटक इटालीका लागि इम्मोबेले  लामो दुरिबाट गिल गर्दै गोल तेब्बर पारेका थिए।

    यस् जितसँगै समुह ’ए’को लिग लिडर इटालीको २ खेलबाट ६ अंक रहेको छ। लिग लिडरलाई समान २ खेलबाट ४ अंक बटुल्दै ग्यारेथ बेलको वेल्सले पछ्याइरहेको छ।

    २ खेलबाट १ अंकका साथ स्विजरल्यान्ड तेस्रोमा छ भने शुन्य अंकका साथ टर्की चौथोमा रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै