• TOKHA LIVE

    • २५ जेष्ठ २०७८, मंगलवार ०५:४१

    अर्वपति जेफ बेजोस जुलाईमा अन्तरिक्ष भ्रमणमा जाँदै

    २०७८ जेष्ठ २५ गते

    एजेंसी। विश्वकै धनी जेफ बेजोस आफ्नै अन्तरिक्ष यान कम्पनी ब्लू ओरिजिनले बनाएको रकेट न्यू शेपर्डमा चढेर अन्तरिक्षको शयर गर्नर् भएका छन् । हालै जारी गरिएको जानकारी अनुसार जुलाई २० तारिखका दिन उनी अन्तरिक्ष यात्रामा जाने छन् । सीएनएनका अनुसार यो दिन उनले एमेजनको सीइओ पद छाडेको १५ औं दिने हुनेछ ।

    सबै कार्यहरु योजना अनुसार नै भएको खण्डमा अर्वपति बेजोस यसरी अन्तरिक्ष यात्रामा जाने पहिलो यात्री हुने छन् । यसअघि खगोल शास्त्रीहरुले अध्ययनका लागि जाने गरेको भएपनि यसरी घुम्न कै लागि कोही गएका छैनन् । यस भ्रमणमा बेजोसका साथ भाई मार्क पनि रहने छन् ।
    “जब म पाँच वर्षको थिएँ, तबदेखि मैले अन्तरिक्षको यात्रा गर्ने सपना देखेको छु,” ५७ वर्षका बेजोसले भनेका आफ्नो इन्सटग्राममा भिडियो अपलोड गर्दै भनेका छन्, “जुलाई २० मा, म यो सबै भान्दा राम्रो सहासिक यात्रा सबै भन्दा मिल्ने साथी मेरो भाईसँग गर्नेछु ।”

    अहिलेसम्म ब्लु ओरिजनले के कति टिकटहरु बिक्री गर्छन् भन्ने जानकारी दिएको छैन । यद्यपि एक जना लिलामी वढाबढमा सबै भन्दा धेरै रकम तिर्नेलाई चाहिँ लैजाने कुरा गरेका छन् । सोमबार बिहानसम्म २.८ मिलियन डलर बोलकबोल पुगिसकेको छ ।

    बेसोजले सन् २००० मा अन्तरिक्ष अभियानका लागि ब्लु ओरिजिन कम्पनीको स्थापना गरेका थिए । त्यसपछि यस कम्पनीले गोप्य रुपमै रकेट र अन्तरिक्ष यानको निर्माण गरिरहेको थियो । साथै दर्जनौं मानव रहित परीक्षण उडानहरु गरेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै