• TOKHA LIVE

    • २३ जेष्ठ २०७८, आईतवार १६:३९

    वरिष्ठ मूर्तिकार राजकुमार शाक्यकाे निधन

    जेठ २३, २०७८ आइतबार
    काठमाण्डाै – अन्तर्राष्ट्रिय जगतमा चर्चित प्रतिभाशाली वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ। उहाँको ५५ को उमेरमा शनिवार बेलुकी ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको अर्का कलाकार एवम् नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनु भयो।

    उहाँ गएको वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु भएको थियो । उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उहाँलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उहाँको शनिवार निधन भएको प्रचण्डले बताउनु भयो।

    धातुकलाको थ्वज्या माज्यामा निपुण उहाँले भुटानमा १३५ फिट अग्लो पद्मसंभवको मूर्ति( जमिनदेखि १५५ फिट) बनाउनु भएको थियो। पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्ष उहाँ विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागिरहनु भएको थियो। उहाँ नेपाल आर्ट भिलेजका अध्यक्ष पनि हुनुहुन्थ्यो।

    विदेशमा नेपाली धातुकलालाई विस्तार गर्ने काममा निरन्तर लाग्नु भएकाले उहाँलाई २१ शताब्दीको अरनिकोकाे रूपमा लिइन्छ।- उज्यालो अनलाइनबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै