नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ जेठ २१,२०७८
कोभिड-१९ संक्रमण वाट निधन भएका शव ब्यबस्थापनका लागि काठमाण्डौमा नेपाल स्काउट बागमती प्रदेशले कार्य सुरु गरेको छ। नेपाल स्काउट बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य सहित टोलीले कोभिड संक्रमण भई ग्राण्डी अस्पतालमा उपचाररत ५८ बर्षकाे उमेरका पत्रकार सुशील वीर सिंह कंसाकारको शव ब्यवस्थापन गरेकाे छ। मच्छिन्द्र क्यूका रोभर लिडर जगत विर सिंह कंसाकारका भाई सुशील वीर सिंह कंसाकार एक विश्वभूमिका सम्पादक पत्रकार थियो।

मृत्यू पश्चात कोरोना नेगेटिभ देखिएको अस्पतालले जानकरी दिइएपछि मृतकका परिवारहरुमा पनि कोभिड संक्रमण भएकोले उक्त शव ब्यबस्थापन गर्न त्रास भएकोले नेपाल स्काउटको टोलीले शव ब्यवस्थापन गरेकाे हो। कोभिड संक्रमण भई ग्राण्डी अस्पतालमा उपचारत क्रममा मंगलबार करिब २बजे निधन भएको थियो। शवलाई हिजो नेपाल स्काउटले घाट सम्मको ब्यबस्थापन गरिएको थियो।
मृत्यु पश्चात भने कोरोना नेगेटिभ देखिएको अस्पतालले जनाएपछि नेपाली सेनाले शव ब्यवस्थापन नगरेको र गुठीका मानिसहरूले पनि शव ब्यवस्थापन नगरिएकोले हिजो नेपाल स्काउटले गरेका छन्। पत्रकार र समाजसेवामा दिनरात खटिएका कंसाकारका ६ बर्ष का छोरा र श्रीमती रहेकाे र बसोबास सोर्खुटे भएको जगत वीर सिंह कंसाकारले जानकारी दिइएका छन्।

नेपाल स्काउटले नेपालमा कोरोना माहामारी भित्रिए लगतै कोरोना नियन्त्रण, रोकथाम राहत र शव ब्यबस्थापनको कार्यमा अहोरत खटिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जानकरी दिइएका छन्। हिजो वाट काठमाण्डौंमा शव ब्यवस्थापनको कार्यमा नेपाल स्काउट बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य, स्पेशल टास्क फोर्स संयोजक अजित लामा, वागमती प्रदेशका सदस्य प्रकाश राज पाण्डे र स्काउट ललितपुर महानगरका सदस्य बिग्रेन्द्र महर्जन रहेका थिए। अन्त्येष्टि साधारण पारिवारिक तवरले शोभा भगवती स्वर्ग द्वर मा सम्पन्न गरिएको थियो।
नेपाल स्काउटले नेपालमा कोरोना माहामारी भित्रिएको लगतै कोरोना नियन्त्रण, रोकथाम, राहत र शव ब्यवस्थापनको कार्यमा अहोरात्र खटिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले जानकारी दिइएका छन्। हिजवाट काठमाण्डौमा शव ब्यवस्थापनको कार्यमा नेपाल स्काउट बागमती प्रदेश लागि परेको छ।

