नविना श्रेष्ठ
टाेखालाइभ डट कम /जेठ २०,२०७८
कोरोना संक्रमणवाट थलिएका नेपालभाषा पत्रिका विश्वभूमिका सम्पादक पत्रकार भाषासेवि, समाजसेवीसँगै कसा. ठूलो गुठीका पूर्व सचिब सुशील विर सिंह कंसाकारको ५८ बर्षको उमेरमा निधन भएको छ।
ग्राण्डी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो करिब २बजेको समयमा निधन भएको उहाँका दाजु जगत विर सिंह कंसाकारले जानकारी दिनुभयो।
कोभिड-१९ संक्रमण संगै गम्भीर बिरामी परेको कंसाकारलाई सुरुमा छाउनी अस्पतालमा लगिएको थियो। उहाँलाई श्वासप्रश्वासको समस्या भएकोले छाउनी अस्पतालमा आ.इ.सि.यु भेन्टिलेटरको सुविधा नभएपछि उहाँलाई स्टार अस्पतालमा ल्याइएको थियो। कोभिड संक्रमणको कारणले कंसाकारलाई अक्सिजनको अभावले श्वासप्रश्वासमा जटिल समस्या हुदै गएको अवस्थामा स्टार अस्पतालमा पुग्दा बिरामीलाई ठाउँ छैन भनेर हेरचेक्राई गरेकाे र भर्ना लिएको थिएन। स्टार अस्पतालमा बिरामीको लागि ढोका नखुले पछि त्यहाँवाट थिमीको समित अस्पतालमा उपचारको लागि ल्याइएको र त्यस अस्पतालमा आ.इ.सि.यु मा ठाउँ पाएको तर भेन्टिलेटरको सुविधा नभएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

ग्राण्डी अस्पतालमा उपचारका क्रमसंगै उहाँलाई सुरूमा निमोनिया देखिएको र त्यसको लागि औषधि चलाउँदा कित्नीमा समस्या देखिएको डा. विकास मान श्रेष्ठले वताउनु भयो। अस्पतालका अनुसार कंसाकारको मंगलबार गरिएको पिसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले त्यति प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन भने आउन सकेको थिएन। चिकित्सकहरूको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुद उहाँको शारीरिक अवस्था सद्धद हुन सकेन ग्राण्डी अस्पताल द्वारा जारी वक्तव्यमा भनिएको छ। मगलबार करिब २ बजेको समयमा उहाँको असामयिक निधन भएको अवगत गरादछौं।

ग्राण्डी अस्पतालको नतिजा अनुसार कंसाकारको नेगेटिभ रिर्पोट आएकोले शवलाई नेपाली सेनाले ब्यवस्थापन नगरेकाे र गुठ्ठीका मानिसहरूले पनि कोभिडको महामारीले गर्दा शवको ब्यवस्थापन गरिएको थिएन। हिजो ग्राण्डी अस्पतालले एम्बुलेन्समा शव राखी दिए पछि शोभा भगवती सम्म पुर्याएको थियो। त्यसपछी शवलाई शोभा भगवतीको स्वर्ग द्वारको घाट सम्म नेपाल स्काउटका टोलीले शव ब्यवस्थापन गरियो।
शवलाई ब्यवस्थापन गर्नका लागि नेपाल स्काउट बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य स्वयं शव ब्यवस्थापनका लागि ग्राण्डी अस्पतालमा उपस्थित भएका थिए। उहाँसंगै नेपाल स्काउटको टोली स्पेशल टास्क फोर्स संयोजक अजित लामा, सागरमाथा आरोही समेत रहेका बागमती प्रदेश सदस्य प्रकाश राज पाण्डे, र स्काउट ललितपुर महानगरका सदस्य विग्रेन्द्र महर्जन रहेका थिए।
परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गरिएको थियो। मृतको परिवारमा भने ६ बर्षको छोरा र श्रीमती मात्र रहेकाे दाजु जगत विर सिंह कंसाकारले जानकारी दिनुभयो।

