टाेखा लाइभ डट कम / जेष्ठ १९,२०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमित संख्या १ लाख १ हजार ९९३ रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार १३ हजार ८०५ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १०१ जनाको मृत्यु भएको छ भने ७ हजार २१९ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८०.८ प्रतिशत रहेकोे मन्त्रालयले बताएको छ ।

