• TOKHA LIVE

    • १८ जेष्ठ २०७८, मंगलवार ०५:४३

    भारतमा दैनिक संक्रमितको संख्या डेढ लाखमा झर्‍यो

    टोखा लाइभ ।२०७८ जेठ १८ गते ।

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।

    त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै २८ हजारभन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । त्यस्तै कर्नाटकमा नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरै छ । केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

    भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजारमा झरेको छ । अहिलेसम्म भारतमा २१ करोड ३१ लाख ५४ हजार डोजभन्दा धेरै कोरोना खोप लगाइसकिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै