• Sanu Raj Dangol

    • १६ जेष्ठ २०७८, आईतवार १६:१८

    नेपाल प्रहरीसंग कुमुदिनी र आशा नेपालकाे सहकार्य :-

    टाेखालाइभ / जेष्ठ १६,२०७८

    काठमाण्डौका विभिन्न  सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न प्रहरी वृत ,महानगरिय प्रहरी प्रभाग र नेपाल प्रहरीसंग सहकार्य गर्दै  कुमुदिनी र आशा नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेका छन।

    काेराेना भाइरस (नयाँ भेरियन्ट) ले देशलाई नै आक्रान्त बनाईरहेका बखत कोरोना प्रकोपको नियन्त्रण तथा रोकथामका लागि अग्र मोर्चामा रहेर सक्रिय रहेका काठमाडौंका विभिन्न महानगरीय प्रहरी बृत्त र प्रभागका कार्यालयमा पुगि सुरक्षा कर्मीहरुको योगदानको कदर गर्दै
    सो सहयोग गरिएको कुमुदिनिका संस्थापक प्रदिप डंगोलले जानकारी दिनुुुभयो । उनले अभियानको पहिलो चरणमा कुमुदिनीको पहलमा बुढानीलकण्ठ, बालाजु, महाराजगन्ज र कपनमा स्वास्थ्य सामाग्री वितरण गरिएको बताउदै डंगोलले अवका दिनमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानिपाेखरी महानगरिय प्रहरी परिसर महिला तथा बालबालिका शाखा भक्तपुर, ललितपुर र काठमाडौं केन्द्रीय बालबालिका खाेज तलास समन्वय केन्द्र भृकुटीमण्डप, फरेन्सिक बिभाग शिक्षण र नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई सहयोग गर्ने अभियानका संस्थापक प्रदिप डंगोलले बताउनुभयो ।

    नेपाल प्रहरीसंग कुमुदिनी र आशा नेपालले सहकार्य गरेको सो अवसरमा कुमुदिनिका संस्थापक प्रदिप डंगोल,बागमती प्रदेस माननीय दिपक निराैला, काठमाडौं जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी र पत्रकार पुण्य पुडासैनीकाे राेहवरमा काठमाडौंको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ महानगरीय प्रहरी प्रभाग कपन, महानगरीय प्रहरी प्रभाग टाेखा, महानगरीय प्रहरी बृत्त बालाजु,महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, महानगरिय प्रहरी प्रभाग तिलिङ्गटार,महानगरीय प्रहरी बृत्त महाराजगन्ज , महानगरिय प्रहरी बृत्त बाैद्ध,महानगरिय प्रहरी प्रभाग गाेकर्ण र महानगरीय प्रहरी प्रभागलाई मास्क ,फेस शिल्ड,पन्जा र स्यानीटाईजर सहयोग गरिएको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै