• Sanu Raj Dangol

    • १५ जेष्ठ २०७८, शनिबार १७:०८

    ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो।

    टाेखा लाइभ डट कम / जेठ १५,काठमाडौं ।

    सरकारले ज्येष्ठ नागरिकको  भत्ता अब देखि मासिक ४ हजार रुपैयाँ पुर्‍याउने भएको छ ।बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

    अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको त्यसको लागि  १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै