• TOKHA LIVE

    • १५ जेष्ठ २०७८, शनिबार ०८:५६

    विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै

    टोखा लाइभ ।२०७८ जेठ १५ गते ।

    काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

    दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य गर्दै जनताका प्रतिनिधिले गणतन्त्र घोषणा गरेका थिए । यस वर्ष कोरोना भाइरसका कारण सरकारले औपचारिक कार्यक्रम भने आयोजना गरेन । सरकारले दीपावली गरेर दिवस मनाउन भनेको छ । यस दिवसको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा ४३० कैदीको भुक्तान हुन बाँकी कैद छूट दिएकी छिन् ।

    राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै