• TOKHA LIVE

    • १३ जेष्ठ २०७८, बिहीबार ०९:१०

    यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु

    टोखा लाइभ ।२०७८ जेठ १३ गते ।

    पश्चिम बंगाल । पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यासले ठूलो धनजनको क्षति पुर्याएको छ । चक्रवातका कारण कम्तीमा चार जनाको ज्यान रिर्पोट आएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारत र बंगलादेशमा मात्र १० लाख भन्दा बढी घरमा क्षति पुगेको छ ।

    पश्चिम बंगालमा मात्र ३ लाख घरमा क्षति पुगेको त्यहाँकी मूख्यमन्त्री ममत वेनर्जीले बताएकी छिन् । उक्त चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा ठूलो प्रभाव पारेको हो ।
    चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो। दुई सातायता भारतमा आएको यो दोस्रो शक्तिशादी समुद्री आँधी हो। अघिल्लो साता टाउ टे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो।

    यास चक्रवातले तटीय क्षेत्रमा तीव्र हावाहुरी तथा वर्षा भएको छ । बीबीसीका अनुसार घरहरू भत्किएका छन् । ठूल्ठूला छालले तटीय नगरहरूमा डुबान निम्त्याएको छ । भारतीय मौसम विभागका पछिल्ला ट्वीटहरूमा चक्रवात पश्चिमोत्तर क्षेत्रतर्फ सर्दै गएको र कमजोर हुँदै गएको उल्लेख छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै