टाेखालाइभ / जेठ १२,काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको र थप १६९ जनाको मृत्यु संगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबार थपिएका समेत गरी नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । देशभर हाल १ लाख १७ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेकोमा सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४ सय २८ जना होम आइसोलेसनमा र ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेको र हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त भएको मन्त्रालयले बताएको छ।

