टाेखालाइभ डट कम /जेठ १०,२०७८
नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ भने कोरोनाका कारण थप १८५ जनाको मृत्यु भएको छ ।
देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप सात हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै हालसम्म नेपालमा ६ हजार पाँच सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

