टाेखा लाइभ /जेठ ८ काठमाडौं :
नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप १२९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार १ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
देशभर गरिएको २० हजार १०५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५लाख ५ हजार ६ सय ४३ पुगेको छ ।त्यस्तै नेपाल थप ८ हजार ८ सय ४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ८३ हजार ६८४ जनाले कोरोना संक्रमणलाई जितेको मन्त्रालयले जनाएको छ ।

