• TOKHA LIVE

    • ७ जेष्ठ २०७८, शुक्रबार ०६:०७

    नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि:-

     

    टाेखालाइभ डट कम/ जेठ ७,२०७८

    नेपालमा पछिल्लो २४ घन्टामा थप ८ हजार तीन सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप १९० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ८ सय ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    देशभर गरिएको २१ हजार ६ सय ९५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परीक्षणका क्रममा थप ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै थप ६ हजार पाँच सय ४३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ६६ हजार ९४६ जनाले नेपालमा कोरोना जितेका छन् ।

    हाल १ लाख १५ हजार ८ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा र ९३२ जना क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ

    Facebook Comments

    छुटाउनुभयो कि? सबै