टोखा लाइभ ।२०७८ जेठ ४ गते ।
टोखामा सबैकि आदरणीय समाजसेवी महिला रत्नमाया डंगोलको ८६ वर्षको उमेरमा मंगलवार निधन भएको छ । तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् रत्न मायाको स्ट्रोकका कारण २ बजे आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वहॉको ३ छोरा र २ छोरीहरू छन् ।
यसले टोखाको समाजसेवी क्षेत्रमा गहिरो क्षति पुगेको छ । वि. सं २०३६/३७ सालमा कमरेड स्वर्गीय मदन भण्डारी, बामदेव गौतम र झलनाथ खनाल वहॉको घरमा पटक पटक मिटिंग बसेको थियो। यसमा रत्न मायाले सहज वातावरण मिलाई दिनु भएको थियो। बाहिर बाट हेर्ने कतिले त वहॉलाई राजनीतिक दल पनि देखे। तर रत्न मायाले कुनै पनि राजनीतिक समुदायको सिन्दुर लगाईनन्। वहॉकै घरमा भएका थिए, विभिन्न आन्दोलनका अनेक रणनीतिक बैठकहरू। उहाँले निभाउनु भएको त्यो असल व्यक्तित्व र छवि अहिले पनि चिरपरिचित छ ।
टोखाको इतिहासकी एक सम्मानयोग्य महिला प्रति हार्दिक श्रद्धाञ्जली ।

