• TOKHA LIVE

    • ४ जेष्ठ २०७८, मंगलवार ०६:१२

    नेपालमा थप  ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि,थप २१४ जनाको मृत्यु,

    टाेखा लाइभ डट कम / जेठ ४,२०७८
    नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा  ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

    त्यस्तै थप २१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हाल १ लाख १३ हजार ४८० सक्रिय संक्रमित आइशोलेशनमा र ७०८ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पीसीआर परीक्षण गरिएको छ ।

    त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै