• TOKHA LIVE

      TOKHA LIVE

    • ३ जेष्ठ २०७८, सोमबार ०७:५१

    काठमाडौं रेजर्सले जित्यो पहिलो संस्करणको  (एनएसएल)नेपाल सुपर लिग:-

    टाेखालाइभ डट कम /जेठ २,२०७८
    पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) राजधानीको प्रतिनिधि क्लब काठमाडौं रेजर्सले जित्न सफल भएको छ।यस् जितसँगै एनएसएल विजेता काठमाडौंले पुरस्कार रकम स्वरुप ३५ लाख पाएको छ। यस्तै उपविजेता टोली धनगढीले भने १५ लाखमै चित्त बुझाएको छ।

    खेलको पहिलो हाफमा काठमाडौं नै हाबी बनेको थियो। ओलोमोउको गोलबाहेक २९अौं मिनेटमा स्टेफेन बिनोङको फ्रि-किक थोरैमात्र बाहिरिएको थियो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा धनगढी फुटबल क्लबलाई १-० गोलले हराउँदै काठमाडौंले उपाधी आफ्नो पोल्टामा पारेको हो।

    काठमाडौंको जितमा क्यामरुनी स्ट्राइकर मेसुओके ओलोमोउ निर्णायक बने। यस् प्रतियोगिताको सर्वाधिक विजेता समेत रहेका ओलोमोउले विश्वास श्रेष्ठको थ्रु बलमा २१अौं मिनेटमा निर्णायक गोल गरका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै