• TOKHA LIVE

    • ३ जेष्ठ २०७८, सोमबार ०५:४५

    नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    टोखा लाइभ ।२०७८ जेठ ३ गते

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

    आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै