• TOKHA LIVE

    • २ जेष्ठ २०७८, आईतवार १७:४७

    नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि , थप १४५ जनाको मृत्यु

     

    टाेखालाइभ/ जेठ २

    नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    देशभर गरिएको ९ हजार ४३९ जनाको पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पीसीआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् ।त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले बताएको छ।

    त्यस्तै थप १४५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै