टोखा लाइभ । २०७८ जेठ १ गते
डा. साफल्य अमात्यको विहिवार वीर अस्पतालमा उपचारको क्रममा अक्सिजन कन्सेन्ट्रटर मेसिन अभावको कारण निधन भएको छ ।
वि. सं २००० मा जन्मनु भएका डा. साफल्य अमात्य नेपालका विशिष्ट पुरातत्वविद , कला र इतिहासकार एवं सॉस्कृतिक समीक्षक हुनुहुन्छ। उहॉले विश्वका २० भन्दा बढी मुलुकहरूको भ्रमण गरी नेपालको कला र संस्कृति बारेमा प्रवचन दिनु भएको थियो। वहॉ नेपाली कला र संस्कृतिको संरक्षण, संवर्द्धन एवं प्रवदर्नमा नेपाली र अंग्रेज़ी दुवै भाषामा आफ्नो उदाहरणीय लेखनीयबाट सुपरिचित हुनुहुन्छ। पुरातत्व, इतिहास र संस्कृतिका अनेकौं विषयमा उहॉका विभिन्न कृतिहरू प्रकाशित हुदै आएका छन्।
उहाँ वातावरण शताब्दी पुरस्कार-२००० र श्री बाबुराम आचार्य राष्ट्रीय प्रतिभा पुरस्कार २०५६ बाट सम्मानित हुनुहुन्छ।

