• TOKHA LIVE

    • ३० बैशाख २०७८, बिहीबार ०९:५६

    कोरोना संक्रमितलाई रेम्डेसिभिर आवश्यक परे यी नम्बर सम्पर्क गर्नुहोस

    टोखा लाइभ ।२०७८ वैशाख ३० गते

    काठमाडौं । कोरोनाबाट संक्रमित बिरामीका लागि अहिलेसम्म प्रमाणित औषधि कुनै नभए पनि चिकित्सकले अवस्था र आवश्यकता हेरेर रेम्डेसिभिर प्रयोग गर्ने गरेका छन् । यसैकारण सरकारले रेम्डेसिभिर औषधिको व्यवस्था मिलाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्टरले लेखिदिएको प्रेस्क्रिप्सन लिएर तोकिएका स्थानबाट निर्धारिति मूल्यमा रेम्डेसिभिर औषधि खरिद गर्न सकिन्छ ।

    मन्त्रालयले जारी गरेको सूचनाअनुसार कुपण्डोलको यूनएनपार्कस्थित हेल्थकेयरका डा. अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ फोन नम्बरमा सम्पर्क गरी रेम्डेसिभिर खरिद गर्न सकिनेछ।

    हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर ४ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको मन्त्रालयले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै