टाेखालाइभ डट कम / बैशाख २८,२०७८
काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निणर्य गरेको हो । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नदिने निणर्य भएको साथै काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले आउदो जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य भएको अधिकारीहरुले बताएका छन् । त्यस्तै बिहान ९ बजेसम्म मात्रै पसल खुलाउन पाउनेमा अब बिहान १० बजेसम्म पसल खुलाउने पाइनेछ । राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निणर्य गरिएको छ ।
काठमाडौँ उपत्यकामा यस अघि बैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा लागू भएको थियो । दोस्रो पटक २२ गतेदेखि बैशाख २९ गतेसम्म म्याद थप गरिएको थियो ।

