• TOKHA LIVE

    • २३ बैशाख २०७८, बिहीबार २०:१४

    एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

    हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी एमाले वागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनीत हुनु भएकाे छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेले सम्हाल्नु भएपछि रिक्त रहेको सो पदमा निरौलालाई मनोनीत गरिएको हो ।

    मुख्यमन्त्री डोरमणि पाैडेलले दलको विधान २०७७ को दफा १३ बमोजिम  निरौलालाई मनोनयन गर्नु भएकाे हाे ।

    निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरि आज बागमती प्रदेश सभा सचिवाललाई जानकारी समेत गराइएको हो ।

    नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव रहेका निरौला काठमाडौं क्षेत्र नं ५ (२ ) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै