नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ बैशाख १६,२०७८
नेपाल स्काउटको राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटकै इतिहासमा गौरवशाली दिन बैशाख १५ गते भएको बताएको छ।
नेपालका ७५३ वाट स्थानीय तहमा नेपाल स्काउटका संयोजक घोषण गर्न आयोजित पत्रकार सम्मेलनमा भण्डारीले स्थानीय सरकारसंगको सहकार्यमा सामुदायिक विद्यालयमा स्काउट सञ्चालन गर्ने बताएको थियो।
नेपाल स्काउटको नियमावली २०७७ अनुसार सबै स्थानिय तहमा भने नेपाल स्काउटको सेवा विस्तार गर्दै ६ बर्ष देखिका बालबालिका र १६ बर्ष देखि २५ बर्ष सम्मका युवाहरुलाई समेट्ने अभियन शुरू गरेको संयोजक भण्डारीले बताए।

नेपालमा नेपाल स्काउट अभियानलाई अब नयाँ मोडमा लैजाने प्रयासमा रहेको र नेपाल स्काउटले एसिया प्यासिफिक क्षेत्रका २९ देशमा सुशासन र सदस्यता वृद्धिमा पहिलो स्थान हासिल गरेको जानकारी दिनुभएको थियो।
अबका दिनहरूमा स्थानीय तहसंगको सहकार्यमा शिक्षक र युवाहरुको परिचालन गर्दै नेपालका जतिपनि बिद्यालयहरुमा स्काउट स्वयंसेवक तयार गर्ने नेपाल स्काउटको योजना रहेको भन्दै संयोजक भण्डारीले यसको सुरुवाट बैशाख १५ गते बाट भएकोमा खुसी ब्यक्त गरेका थिए।
हिजो गरेको पत्रकार सम्मेलनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीसंगै स्काउट लिडरहरु विजेन्द्र ध्वाजु, नगेन्द्र थापा देवराज घिमिरे र निर्देशक राम प्रसाद भट्टराई लगायतको उपस्थित रहेको थियो।

