टाेखालाइभ/ बैशाख १३
काठमाडौं उपत्यकामा वैशाख १६-२२ सम्म निषेधाज्ञा जारी, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने (निर्णयसहित) सूचना जारी गरेको छ।
सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको हिजो सोमबार दिउँसो बसेको संयुक्त बैठकले यहि वैशाख १६-२२ सम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। काठमाडौं उपत्यकाका यही बैशाख १६ गतेबाट निषेधाज्ञा लगाउने निर्णय भएको छ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले ५०० सय भन्दा धेरै संक्रमित पुगेको जिल्लामा लकडाउन वा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।



