टाेखालाइभ डट कम/बैशाख १३ ,२०७८
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा जागेश्वर गौतमले
जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । यसैगरी ४५० जना भने संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

