टाेखालाइभ डट कम/ बैशाख १२
खुकुरी नेपाल सुपर लिग (एनएसएल) हिजो देखि सुरु भैसकेको छ । आज दुई खेल भएको छ। लिगको दोस्रो दिन पहिलो खेलमा विराटागर सिटी एफसी र धनगढी एफसीबीच दिउँसो २:३० बजेबज दशरथ रंगशालामा सुरु भएको प्रतिस्पर्धाको पहिलो खेलमा धनगढी फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत विराटनगर सिटि फुटबल क्लबसँग पराजित भएको छ । मिडफिल्डमा उच्च प्रदर्शन गरेको विराटनगरले ३-० को सहज जित दर्ता गर्दै ३ अंक जोडेको हो ।
विराटनगरको मार्की खेलाडीमा रञ्जित धिमाल छन् । धनगढीमा राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आइकोनिक खेलाडी हुन् । धनगढीको प्रशिक्षकमा युगलकिशोर राई र विराटनगरको प्रशिक्षकमा एन ल छन् । विशाल राई मार्की खेलाडीको रुपमा धनगढीमा छन् । किरण पाँच वर्षपछि लिग खेल्दै छन् ।
शनिबार भएको पहिलो खेलमा काठमाडौं रेजर्सले खुकुरी ललितपुर सिटी एफसीलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको थियो । घरेलु फुटबलमा पहिलो पटक आयोजित फ्रेन्चाइज फुटबलमा ७ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको ‘म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

