नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ चैत ३० ,२०७७
नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले अबका दिनहरुमा ७ प्रदेशमा नै नेपाल स्काउटको तालिम केन्द्र बनाउन आफू लागि परेको बताए। नेपाल स्काउटका राष्ट्रिय र सहायक राष्ट्रिय प्रशिक्षकहरुको लागि चावहिलको स्मार्ट पार्टी प्यालेनसमा आयोजना गरेको र क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै सो धारणा सार्वजनिक गरेको थियो।

स्काउटका तालिमहरु ककनीको नुवाकोटमा मात्र तालिम केन्द्र हुँदा अन्य प्रदेशकाे स्काउट गतिविधि गर्न असहज महसुस गरेकोले प्रदेश ७ मा अब अन्तराष्ट्रिय स्तरको सुविधा हुने र तालिम केन्द्र बनाउनमा आफू स्वयम लागिपरेको बताए। भण्डारीले आफू प्रतिको आफ्नो धारणा सबै सामु सार्वजनिक गरेका थिए।

संयोजकको योजनामा लिडरहरुले खुसी ब्यक्त गर्दै स्काउटलाई जन- जनमा पुर्याउने सुझाब समेत दिएको थियो। २०७७ चैत २७ गते सुरू भएको कार्यक्रम चैत २८ गते समापन गरिएको थियो।

