• TOKHA LIVE

    • २६ चैत्र २०७७, बिहीबार १२:४७

    पत्रकार महासंघको हिजो भएको निर्वाचनको मत गणना जारी

    टाेखालाइभ चैत्र २६

    नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तरगत हिजो देेशभरबाट एकैपटक भएको निर्वाचनको मतगणना अहिलेसम्म जारी रहेको छ ।

    जिल्ला , प्रदेश , प्रतिष्ठान र केन्द्र सबै तहमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । अधिकांश जिल्लाको मत परिणाम सार्बजनिक भै सकेको भएपनि औपचारिक जानकारी हुन बाँकी छ ।

    त्यस्तै प्रदेश , प्रतिष्ठान र केन्द्रको मत गणना सम्बन्धीत ठाउँमा जारी रहेको निर्वाचन समितिले जनाएको छ । प्रारम्भिक मतगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानलले केही अग्रता कायम गरेको छ ।अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल, प्रेस चौतारीका निर्मला शर्मा र स्वतन्त्र गजेन्द्रसिह बुढाथोकी उमेदवार रहेका छन् ।

    महासंघको निर्वाचनमा विभिन्न घटकहरुबीच गठबन्धन भई प्रतिष्पर्धा भएको हो । खासगरी प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले चुनावी तालमेल गरेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै