• TOKHA LIVE

    • १४ चैत्र २०७७, शनिबार १०:३३

    कलाकार केशवराज खनालद्वारा लिखित नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनिक

    टाेखालाइभ डट कम/ चैत १४ गते काठमाडौं
    कलाकार केशवराज खनालद्वारा लिखित नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनिक भएको छ।

    नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा शुक्रबार आयोजित
    कलाकार केशवराज खनाल लिखित पुस्तक ‘नेपालमा कार्टुनः हिजो र आज’ सार्वजनिक कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले पुस्तक विमोचन गर्दै कुलपति कर्माचार्यले कार्यक्रममा ललितकलाको छुट्टै विधाका रुपमा रहेको बताउदै “कार्टुन कलालाई प्राज्ञिक कर्मका हिसावले लिनुपर्छ । पत्रिकामा छाप्ने, हँसाउने विषयका रुपमा मात्र नभई कलाको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    लेखक तथा कलाकार खनालको पुस्तकले नेपाली कार्टुनबारे अध्ययन गर्न श्रोत सामग्रीका रुपमा काम लाग्ने विश्वास व्यक्त गर्दै उहाँले कार्टुन कलालाई पत्रपत्रिकाले पनि मुख्य स्थान नदिने गरेकाले कार्टुन विधा केही ओझलमा परेको चर्चा गर्नुभयो ।उहाँले कार्टुन कलाको महत्वलाई ध्यानमा राख्दै राष्ट्रिय कला प्रदर्शनीमासमेत यो विधा समेटिएकाले कार्टुन कलाको विकासमा लाग्न कलाकर्मीलाई आग्रह गर्नुभयो ।

     

    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पत्रकारितामा महत्वपूर्ण अङ्ग बन्दैआएको कार्टुन विधाको पुस्तक प्रकाशनले कार्टुन कलाको विकासमा योगदान गर्ने बताउनुभयो ।

    यस्तै, वास्तु तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख तथा प्रज्ञा रमेशनाथ खनालले कार्टुन कलाका विविध आयामलाई समेटेरसमेत आगामी दिनमा अध्ययन अगाडि बढाइने बताउनुभयो ।
    यसैगरी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्टुन कलाले समय र सन्दर्भका विषयमा पाठकलाई जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “ललितकलाको दृष्टिले कला र पत्रकारिताको दृष्टिले पत्रकारिताको विशिष्ठ अंग हो, कार्टुन ।”
    यस्तै, कार्टुनिस्ट क्लव अफ नेपालका पूर्व अध्यक्ष अविन श्रेष्ठले पुस्तकले कार्टुनको इतिहास र वर्तमान अवस्थालाई चिरफार गरेको बताउनुभयो ।

    कलाको महत्वपूर्ण पाटोको रुपमा रहेको कार्टुन कलाको विकासमा पुस्तकले सहयोगी भूमिका निर्वाह गर्ने कलाकार तथा कला पत्रकार देवेन्द्र थुम्केलीले बताउनुभयो । पुस्तकका लेखक केशव राज खनालले कार्टुनकै विषयमा स्नातकोत्तरको शोध गर्ने क्रममा स्रोत सामग्री अभाव ब्यहोरेपछि कार्टुन सम्बन्धी पुस्तक लेखनको आवश्यकता महशुस गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान वास्तु तथा अन्य सिर्जनात्मक कला विभागले सो पुस्तक प्रकाशन गरेको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै