• TOKHA LIVE

    • १३ चैत्र २०७७, शुक्रबार २०:०६

    टोखा १ झोरमा होमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन टाेली अमलटारी मध्यवर्ती हाेमस्टेमा:-

    टोखा लाइभ डट कम/ चैत्र १३

    टोखा नगरपालिका वडा १ मा ७ दिने होमस्टे , व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम वडाको सामुदायिक भवनमा सुरु भएको पाचौं दिनमा टोखा नगरपालिका वडा १ झोरको शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन भ्रमण टोली कावास्वती नगरपालिका वडा १५ को पुर्वी नवलपरासीको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे आइपुगेको छ।

    प्रकृति , संस्कृति र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निर्माण होमस्टे पहिचान भन्ने अवधारणा अनुरुप शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने हाेमस्टेको व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डप र टाेखा नगरपालिकाको विशेष बजेटमा अहिले संचालन भैरहेको कार्यक्रममा टाेखा नगरपालिकाका विभिन्न वडा बाट २७ जना प्रशिक्षार्थीहरुले सो होमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन टोली भ्रमणमा पुगेको थियो।

    आयोजक शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, तथा कार्यक्रम संयोजक रामकुमार अधिकारीले ७ दिने होमस्टे , व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको ४ दिने सैद्धान्तिक र ३ दिने ब्यबहारिक प्रशिक्षण रहेको बताउदै होमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन भ्रमण अझै टेवा पुग्ने बताए।

    अमलटारी मध्यवर्ती सामुदायिक हाेमस्टेका व्यवस्थापक धनिराम गौराले सामुदायिक होमस्टे कसरी संचालन गर्ने भन्ने बारेमा उहाँले यहाँको प्राकृतिक पक्ष सांस्कृतिक पक्षलाई  पर्यटनसंग जाेडेर  स्थानीय थारु जनसमुदायहरुको कला, संस्कृति र संस्कारको संरक्षण र प्रबर्द्धन गर्न यहाँको ३१ हाेमस्टे व्यवस्थापित गरेर अमलटारी मध्यवर्ती सामुदायिक हाेमस्टेले नेपालको पर्यटनको विकासमा विशेष भुमिका खेलिरहेको बताए ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै