• TOKHA LIVE

      TOKHA LIVE

    • १३ चैत्र २०७७, शुक्रबार ०६:१४

    सक्व (साँखु) को ३३२१ औँ स्थापना दिवस एवं हलिं नेवाः गुथिको १२ औँ केन्द्रिय महाधिवेशन सम्पन्न :-

    टाेखालाइभ डट कम

    काठमाडौँ, चैत्र १२। सक्व (साँखु) को ३३२१ औँ स्थापना दिवस एवं हलिं नेवाः गुथिको १२ औँ केन्द्रिय महाधिवेशन साँखुको चलाखु टोलमा सम्पन्न भएको छ ।चैत्र ७ गते शनिवार शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा साँखु स्थित चलाखु टोलमा सम्पन्न भएको हो ।

    हलिं नेवाः गुथिका जुजुमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं हलिं नेवाः गुथि मिसा कचा सक्वका ज्ञानश्री श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन।देवी नाचको झाँकी सहित शुरु गरिएको कार्यक्रममा  राष्ट्रिय गान सहित नेवाः राष्ट्रिय गान समेत गाइएको थियो। कार्यक्रममा  स्वागत गानका रुपमा जय जुईमा”बोलको  गीत प्रस्तुत गरिएको थियो ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले आफुले सोचेको कुरा  हलिं नेवा गुथिले “सक्व घोषणापत्र”मा उल्लेख  हुनु खुशीको कुरा भएको बताएका थिए ।शंखरापुर नगरपालिकालाई साँस्कृतिक ग्राम घोषणा गरिसकिएको हुँदा अब हलिं नेवाः गुथिले गरेको “सक्व घोषणा” कार्यान्वयनमा आफूहरुलाई कुनै अप्ठेरो नहुने बताउँदै राजनैतिक दलहरुको समेत समर्थन रहेको हुँदा यो घोषणाले महत्व पाउने बताएका थिए ।

    कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले साँस्कृतिक पुरातात्विक महत्वका संरचनाहरु बनाउन नगरपालिका सदैव प्रयासरत भएको जानकारी गराएकी थिइन् ।कार्यक्रममा शंखरापुर ,नेकपाका नेता  बुद्धभक्त चित्रकार, राप्रपाका नेता  मिजेन्द्रकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता  राजुभाई मानन्धर, जसपाका नेता  माधव श्रेष्ठ, जनकवी दुर्गालाल श्रेष्ठ, हलिं नेवाः गुथिका शान्तप्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य  राखेका थिए ।

    कार्यक्रममा “सक्व घोषणा” शंखरापुर नगरपालिकाका वडा नं ६ का  अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेका थिए ।हलिं नेवाः गुथि सक्व कचाका अध्यक्ष धर्मभक्त मल्लले धन्यवाद ज्ञापन  गरेका थिए ।औपचारिक कार्यक्रम पश्चात बिभिन्न स्थानीय समूहले  सास्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए ।

    सौजन्य : लावान्य संदेश

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै