नविना श्रेष्ठ
टाेखालाइभ डट कम/ चैत १०,२०७७
नेपाल स्काउटले आजदेखि काठमाण्डाैको १५ स्थानमा दैनिक २०० जना स्वयंसेवक ट्राफिक प्रहरीलाई सहयोग गर्न खटाइएको छ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपाल स्काउटले दरबारमार्ग, केशरमहल , सिंहदरबार चोक, थापाथली चोक, त्रिपुरेश्वर चोक, टेकु चोक ,बानेश्वर चोक, कालीमाटी चोक, नयाँ बानेश्वर चोक, बानेश्वर पानी ट्यांकी चोक, शंकरदेव क्याम्पस चोक, कोटेश्वर, पुतलीसडक, गौशाला, चाबहिल, महाराजगन्ज चोकमा आज वाट १५ दिनसम्म दैनिक ६ घण्टा स्वयंसेवकको भूमिका निर्वाह गर्ने भएपछि उपत्यकामा दिनहुँ जसो भैरहेको सवारी चापले गर्दा हुने गरेको ट्राफिक जामको झन्झटबाट मुक्त हुने भएको छ ।

कार्यक्रमममा प्रशिक्षण नेपाल प्रहरीका ट्राफिक निरीक्षक दामोदर भट्टराई स्काउटलाई कसरी बाटोमा खटिने भने विषयमा प्रशिक्षण दिएका थिए। स्काउटले
पैदल यात्रुलाई समेट जनचेतना जगाउने काम गर्ने र काठमाडौंको विभिन्न स्थानमा रोभर रेञ्जरहरुले स्वयंसेवकको भूमिका निर्वाह गर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले शुभकामना दिएको बागमती प्रदेशका स्काउटका संयोजक केश रत्न बज्राचार्यले बताएका थिए।


