काठमाडौँ, ५ चैत : विवेकशील पार्टीको भक्तपुरको तेलकोटमा सम्पन्न प्रथम राष्ट्रिय भेलाले कर्मा लामा तामाङको संयोजकत्वमा ११ सदस्यीय तर्दथ समिति चयन गरेको छ ।
देशभरीका संगठित सदस्यहरुको तीन दिने भेलाले पार्टीको विधान तथा राजनीतिक दस्तावेज समेत पारित गरेको प्रवक्ता विजयबाबु सिवाकोटीले जानकारी गराउनु भएको छ ।
नवगठित तर्दथ समितिका अन्य सदस्यहरुमा विजयबाबु सिवाकोटी (दोलखा) अजिता राई (मोरङ), साधना राई (सोलुखुम्बु), संगिता बाटाजू (तनहुँ), बिशाल बिक्रम निरौला (धनुषा), सन्तोष घिमिरे (झापा), शिशिर राई (भोजपुर), सुवास बस्नेत (काठमाडौँ), छिरिङ (रामेछाप), शशिबिक्रम कार्की (भक्तपुर) रहेका छन ।
भेलाले समितिलाई आवश्यक प्रक्रिया पूरागरी निर्वाचन आयोगमा गई दल दर्ता गर्नका लागि अख्तियारी समेत प्रदान गरेको छ । चारढुङ्गे, नक्सालमा पार्टीको संघीय कार्यालय समेत स्थापन गरेर कार्य सञ्चालन गरेको छ ।




