टाेखालाइभ /,चैत्र ५।
बुढानीलकण्ठ नगरपालिकाको वडा ३ र ५ अवस्थित आइतवारे पार्कमा नमुना झोलुंगे पुल निर्माणको सर्भे गरिएको छ।बुढानिलकण्ठ मन्दिर नजिक रहेको करिव २९८ रोपनीमा निर्माण हुने बताएको छ।बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने सो पार्कमा सिडी ,सडक ,प्रवेस द्वार लगायतका पूर्वाधार निर्माण भैसकेका छन भने थप पूर्वाधार निर्माणाधीन रहेका छन।काठमाण्डौ उपत्यकाका जुनसुकै स्थान बाट बुढानिलकण्ठ मन्दिर हुदै सो पार्कमा पुग्न सकिने भएकोले अहिले सो क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुगेको स्थानीयहरुले बताएका छन।
सो पार्कमा नमुना लघु जल बिद्युत,तामांग संग्रहालय,नमुना तुईन लागयतका संरचना निर्माण हुने सो पार्कमा राजनेताहरुको ढुंगे आकृतिहरु पनि निर्माण हुनेछन ।
शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज संगै रहेको उक्त पार्क क्षेत्रमा गुम्बा पनि रहेको छ। फाेटाे-कपन अनलाइन

