नविना श्रेष्ठ
टाेखालाइभ डट कम / चैत २,२०७७
नेपाल स्काउटको आयोजनामा अन्तराष्ट्रिय तालिम केन्द्र ककनी नुवाकोटमा दोस्रो पटकको रोभर वि.टि.सी र रेन्जर पि.टि.सी तालिम सम्पन्न भएको छ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एव नेपाल स्काउटका प्रमुख स्काउट दावा लामाको प्रमुख आतिथ्यतामा फाल्गुन २४ देखि २९गते सम्म भएको रोभर रेञ्जर तालिम सातै प्रदेशका २६५ जना युवा युवती प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

१६ देखि २५ बर्ष उमेरका युवाहरुलाई व्यापक रूपमा स्काउटिङ अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने उद्देश्य र दक्ष सच्चा चरित्रवान तथा स्वभलम्बि नागरिक तयार गरी स्वयम दस्ता तयार गर्ने उद्देश्यले संचालित उक्त तालिमलाई बिशेष जोड दिएको नेपाल स्काउटका राष्ट्रीय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताएका छन्।

प्रमुख अतिथि दावा लामाले अब हरेक स्थानीय तहमा स्काउटलाई विस्तारमा लागि पर्ने नयाँ रोभर रेन्जरहरूलाई आग्रह गर्ने पाल स्काउटलाई प्राथमिकतामा राखेर अघि बढ्ने युवा तथा खेलकुद मन्त्री दावा लामाले बताएका छन्।

दास्रो पटकको रोभर रेञ्जर तह तालिममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य तथा रोभर कोर्स डिरेक्टर विजेन्द्र ध्वजु, कोर्सका कोर्सअडीनेट देवराज घिमिरे त्यसै गरी नेपाल स्काउटका सहायक प्रशिक्षक रोभर कोर्सका कोलिडर सुरज खनाल, सन्तोष राज गिरी, गोपाल महर्जन, सत्य नारायण शाही, सरण महर्जन, हरि बहादुर श्रेष्ठ, तथा रेन्जर कोर्सका कोर्स लदरनेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सुचिता सैजु, नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक मौसमी गुरुङ्ग, शुशिला कुमारी बिष्ट, साथै रोभर कोर्सका काउन्सिलर तर्फ सागर पौडेल, प्रणब मान कर्माचार्य, राम चन्द ठाकुर, नरेश अवाले, सुरज थापा, पवन कोइराला, शिव कुमार टवाने, नेगमा सिंह तामाङ, चेत राज जोशी रहेको थियो। भने रेन्जर तर्फ काउन्सिलर मलिना महर्जन, नविना श्रेष्ठ, सरु गोसाई, मेरिना सैजु , रञ्जु तामाङ, अस्मिता श्रेष्ठकाे पनि सहभागिता रहेको थियो।


