• TOKHA LIVE

    • २५ फाल्गुन २०७७, मंगलवार २०:०७

    बजारीकरण नहुँदा टोखामा महिला उद्यमी मर्कामा

    टोखा लाइभ । २०७७ फाल्गुन २५ गते ।

    काठमाडौं। व्यवसायिक सीप हाशिल गरेका तर व्यवसाय संचालनमा तदरुकता आउन नसक्नुका कारणहरु र उद्यमीशीलता लागि आवश्यक पक्षहरु बारेमा जानकारी गराउने उद्वेश्यका साथ टोखा नगर र सफल संस्थाको सहकार्यमा पाँच दिने तालिम उद्घाटन सत्रको मंगलवार शुरू भएको छ।

    सो तालिमको आज टोखामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्दे भन्नु भयो।- अहिले कतिपय टोखा नगरपालिका भित्र उचित व्यवस्थापनको अभावको कारण महिला उद्यमीहरुले उत्पादन गरेको समान तथा बस्तुहरु खेर गइरहेको छ। विक्री वितरण हुन नसकेको जस्ता कारणले महिला उद्यमीहरु मानसिक तनावमा समेत परेको पाइएको छ। महिला उद्यमीहरुको सकारात्मक सोच विकास तथा क्षमता अभिवृद्धिका लागि महिला उद्यमीहरुको समस्या पहिचान गरी उनीहरुको समस्या समाधान गर्दै कोभिडको संकटको समयमा पनि अगाडि बढ्न बढनको लागि यो कार्यक्रम आयोजना गरेको जनाइन्।

    सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै उपप्रमुख डंगोलले टोखा नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता दिएर सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउदै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमीहरुको लागि बिक्री तथा बजारीकरण सम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभएको थियो ।

    कार्यक्रममा टोखा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल, नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु र महिला उद्यमीहरुको सहभागिता रहेको थियो । यसमा वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल भन्नुहुन्छ- “ कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र महिला उद्यमी तथा विभिन्न पेसाका महिलाहरु थप मारमा परेकाले उनीहरुले नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने बताउनु भयो ।

    महिलाले अझ यो तालिमको संवेदना बुझेर यो कामबाट सकिना साथ अर्को तालिम नलिन र यसैलाई निरन्तरता दिन महिलाको व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनको माग थियो।

    आगामी चैत्र १ गतेसम्म सञ्चालन हुने सो तालिममा महिला उद्यमीहरुको सहभागिता रहेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै