टाेखालाइभ डट कम/ फागुन २३
फ्रेन्डसीप कम्यूनिटी हस्पिटलको औपचारिक रूपमा
प्रमुख अतिथि पुर्व स्वास्थ्यमन्त्री गगन थापाले आज उद्घाटन गर्नुभएको छ।कम्यूनिटी हस्पिटलको उद्घाटन पछि अतिथि गगन थापाले फ्रेन्डसीप कम्यूनिटी हस्पिटलको निरीक्षण गरेका थिए ।
कामनपा -४ धुम्बाराही , सुकेधारामा २५ शैयाको २४ सै घन्टा सेवा सुबिधा रहने फ्रेन्डसीप कम्यूनिटी हस्पिटलको उद्घाटन गर्दै प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पर्याप्त मात्रामा सरकारी अस्पतालले बिरामीलाई सेवा दिन नसक्दा अस्पतालमा डाक्टरहरुलाई भनसुन गर्नुपर्ने बाध्यता, समयमा बिरामीले उपचार नपाउदा निम्न देखि मध्यम वर्गका बिरामीहरु उपचार पाउन बाध्य भएर प्राइभेट अस्पताल धाउनु परेको तितो यथार्थ औल्याउँदै यो दुरिलाई केही हदसम्म भएपनि घटाउन बिरामीहरुलाई यस्ता सामुदायिक अस्पतालले अस्पतालहरुको भिडमा गुणस्तरीय सेवा फ्रेन्डसीप सामुदायिक अस्पतालले सेवा सुबिधा प्रदान गर्न सकोस् भन्दै सफलताको शुभकामना दिनुभयो।

फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले आजदेखी औपचारिक रुपमा दैनिक ६ वटा बिशेषज्ञ बहिरंग सेवा(OPD) पनि सुरु गरेको छ। आज देखि पाँच दिन सम्म नि:शुल्क स्वास्थ परिक्षण गरिने छ भने देशभरका सामुदायिक तथा निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई बिशेष छुट सहित उपचार गरिने फ्रेन्डसीप कम्यूनिटी हस्पिटल प्रशासनले जानकारी दिएको छ।
फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले निम्न मध्यम वर्गीय बिरामीहरुलाई लक्ष्यित सुरु गरेका सेवा सुबिधाहरुमा बिशेषज्ञ बहिरंग (OPD) सेवा, बिशेषज्ञ अन्तरंग सेवा,आकस्मिक सेवा ( Emergency ),जनरल /बिशेषज्ञ सर्जरी ( General surgery )सेवा ,बिशेषज्ञ स्त्री रोग( Gyanecology) सेवा,
बिशेषज्ञ बालरोग उपचार (paediatric ) सेवा, बिशेषज्ञ हाडजोर्नी तथा नशा सम्बन्धि (Orthopedic) सेवा, गुणस्तरीय प्रयोगशाला (Pathology) सेवा , रेडियोलोजि (Radiology),औषधि सेवा( pharmacy ) Whole body check- up, परिवार नियोजन तथा मातृत्व सेवा, स्वास्थ्य शिविर संचालन ,खोप,यौन रोग उपचार सेवा, लक्षित वर्गलाई सहुलियत उपचार सेवा र २४ सै घन्टा एम्बुलेन्स सेवा उपलब्ध छन् ।
कार्यक्रममा अतिथि रमेश अधिकारी , कामनपा -४ का जनप्रतिनिधि मोहन बिष्ट, बुढानिलकण्ठ नगरपालिका वडा १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई , नवराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा फ्रेन्डसीप कम्यूनिटी हस्पिटलका मिना कटुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
फ्रेन्डसीप कम्यूनिटी हस्पिटलका मेडिकल डाईरेक्टर बिश्वराज खनालले कुनै पनि नागरिकले स्वास्थ्य शिक्षा र औषधाेपचारको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्दै आफुले रोजेको स्वास्थ्य संस्थाबाट सरल सुलभ र गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने नागरिकको नैसर्गिक अधिकारलाई सुनिस्चित प्रदान गर्न निम्नस्तर र मध्यमस्तर जनसमुदायलाई लक्षित गरेर यो फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले सधै सेवा सुबिधा उपलब्ध गराउन तयार रहेको बताउनु भयो।
फ्रेन्डसीप कम्यूनिटी हस्पिटलका अध्यक्ष प्रेम कुमार श्रेष्ठले कार्यक्रमको समापन गर्दै समुदायका आम जनताहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरि स्वास्थ्य सेवाको माध्यमबाट र राष्ट्रको विकासमा योगदान पुर्याउने बताउदै अस्पतालहरुको भिडमा केही फरक ढंगबाट समय सापेक्ष सेवालाई गुणस्तरीय , अत्याधुनिक प्रविधि सहितको थप सेवामुखी र सेवाको क्षेत्रलाई वृद्धि गरिने बताउनुभयो ।उहाँले फ्रेन्डसीप सामुदायिक अस्पताल बिरामीलाई विशेषज्ञ तथा गुणस्तर सेवा प्रवाहमा मन, वचन र कर्मले साथ दिनुहुने सहभागी सम्पुर्ण अतिथि , कर्मचारी , शेयरधनी , शुभचिन्तक र पत्रकारहरुमा हार्दिक धन्यवाद दिनुभयो ।
कार्यक्रममा अतिथिहरु प्रकाशचन्द लोहनी , रमेश अधिकारी , कामनपा -४ का जनप्रतिनिधि मोहन बिष्ट, बुढानिलकण्ठ नगरपालिका वडा १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई , नवराज भट्टराई फ्रेन्डसीप सामुदायिक अस्पतालका डाक्टरहरु , नर्सहरु , कर्मचारीहरु, शेयरधनीहरु शुभचिन्तकहरु बुद्धिजीवीहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

