टोखा लाइभ । २०७७ फागुन २२ गते
काठमाडौं । उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती क्लबसँग आज भएको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले दर्जनौं अवसर सिर्जना गरे पनि खुमलटारको अग्रतपंक्तिले सदुपयोग गर्न सकेन ।
ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग २–१ ले संघर्ष पुर्ण रूपमा पराजित भएको हो ।
शुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खुमलटार टोलीले जितका मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल बनेका थिए । खेलको २६ औं मिनेटमा सविन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।खेलमा म्यान अफ दि म्याच भगवती क्लबका डोना थापा घोषित भए। उनले ५ हजार नगद राशीको पुरस्कार हात पारे।

जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेर ७ औं स्थानमा उक्लिएको छ भन्ने दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

