• TOKHA LIVE

    • २१ फाल्गुन २०७७, शुक्रबार १७:५९

    नेपाल स्काउटको सातै प्रदेशका रोभर बि.टी.सी र रेञ्जर पि.टी.सी तालिम ककनीमा सुरू :-

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    फाल्गुन २०,२०७७

    नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा नेपालका सातै प्रदेशवाट प्रतिनिधित्व हुने गरी रोभर तथा रेञ्जर तहका आधारभूत तालिम फागुन १७ बाट ककनीमा सुरू भएकाे आज पाँचै दिन भएको छ।
    ककनी अन्तराष्ट्रिय स्काउट तालिम केन्द्रमा संचालन भएको उक्त तालिममा महिला प्रशिक्षार्थी ७७ जना र पुरूष प्रशिक्षार्थी ११२ जनाको सहभागीता रहेका छन्। १६ देखि २५ बर्ष उमेर समुहका युवा युवतीहरूलाई रोभर रेञ्जरको रूपमा प्रशिक्षित गरी दक्ष सच्चा चरित्रवान तथा स्वावलम्बि नागरीक तयार गरी स्वयमरुपी दस्ता तयार गर्ने उद्देश्यले उक्त तालिम संचालन भएको हो।


    सहभागी रोभर रेञ्जर लिडरहरुले नेपालका विभिन्न स्थानमा रोभर रेञ्जर स्काउटहरुको प्रशिक्षण व्यापक रूपमा संचालन गरी स्काउटमा आवद्ध गराउने कार्यमा टेवा पुग्ने नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य रोभर कोषका कोष लिडर विजेन्द्र ध्वजुले बताए।

    तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आधारभूत तालिम दिन प्रशिक्षकमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य रोभर कोषका कोष लिडर विजेन्द्र ध्वजु, राष्ट्रिय प्रशिक्षक रोभर कोषका कोष लिडर देवराज घिमिरे, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य रेञ्जर कोषका कोष लिडर संगीत मिश्र, राष्ट्रिय प्रशिक्षक एव रेञ्जर कोषका कोष लिडर लिला श्रेष्ठ, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य तथा ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रका संयोजक शिब राम अर्यालको उपस्थिति रहेको थियोे ।


    त्यस्तै नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकमा भुवन चरण श्रेष्ठ, सुरज खनाल, सन्तोष राज गिरी, गोपाल महर्जन, सत्य नारायण शाही, राज कुमार जरेजु, कुष्ण सुन्दर बनमाला र महिलामा सहायक राष्ट्रिय प्रशिक्षक शुशिला कुमारी बिष्ट र मौसमी गुरुङ्गको उपस्थित रहेको थियो।

    साथै काउन्सिलिडरमा अस्मिता श्रेष्ठ, सरु गोसाई, रञ्जु तामाङ, अमृता खतिवडा एव पुरूषमा पवन कोईराला, सुरज थापाको उपस्थिती रहेका रहेको थियोे ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै