• TOKHA LIVE

    • २० फाल्गुन २०७७, बिहीबार २१:४७

    ‘बि’ डिभिजन लिग : झम्सिखेलमाथि श्री भगवतीको कठिन जित

    बिहीबार, फागुन २०, २०७७

    टोखा लाइभ । श्री भगवती क्लब टोखाले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

    खेल शुरू भएको दोस्रो मिनेटमा खेलाडी नवराजले वान भर्सेस वानको अवस्थामा प्रहार गर्न ढिला गर्दा भगवती क्लबले अग्रता लिनबाट चुक्यो ।

    श्री भगवतीको जितमा नवराज गुरुङ र मोहन बहादुर थापा मगरले गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले गोल फर्काए । खेलको ११औं मिनेटमा सुनिल शाहीको आत्ममघाती गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।

    खेलको ३२औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याए । इनम तामांगलेभगवती क्लबको दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई मदनले उत्कृष्ट फिनिस गरेका थिए । ५६औं मिनेट नवराजले गोल गर्दै श्री भगवतीलाई २–१ ले अघि बढाए । उनले प्रज्वलको पासमा गोल चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै सहज गोल गरेका थिए ७०औं अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले मनिष खडकाको पासमा गोल गरेका थिए । ८४औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ को सहज जित दिलाए ।

    खेलको अन्त्यमा “म्यान अफ दि म्याच “ भगवती क्लबको खेलाडी आशिष श्रेष्ठ भए। उनले पुरस्कार सहित रू ५ हजारको नगद राष्ट्रीय खेलाडी सुनील वलले हस्तान्तरण गर्नु भएको थियो ।

    जितसँगै श्री भगवती ९ खेलबाट ९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै