• TOKHA LIVE

    • १८ फाल्गुन २०७७, मंगलवार १७:४३

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे गाडी दुर्घटनामा परे:-

    टाेखालाइभ डट कम/ फागुन १८ 

    गोकर्णेश्वर नगरपालिकाका  प्रमुख  सन्तोष चालिसे आफू सवार  गाडी ताप्लेजुङ्ग जिल्ला सुकेटार विमान नजिकै  दुर्घटनामा परेको छ ।

    मे १ ज २६३७ नम्बर को उक्त गाडीमा  मेयर  चालिसे, सभापति किरण विष्ट सहित १० जना सवार थिए।बाक्लो हुस्सु को कारण गाडी दुर्घटनामा परेको हो । पाथिभरा दर्शन गर्नजाने क्रममा दुर्घटना भएपछि  पनि मेयर सन्तोष चालिसे  मन्दिर दर्शन गरेर फर्केका थिए  ।

    दुर्घटनामा गोकर्णेश्वर नगरपालिकाका  प्रमुख  चालिसे गम्भीर दुर्घटना हुनबाट बचे पछि अहिले उनी सकुशल छन् भने, बालुवा गाउँको कांग्रेस एकाई सभापति किरण विष्ट को करङमा हल्का  चोट लागेको छ।  घाईते विष्ट र  वडाध्यक्ष राम मानन्धरलाई   विराटनगर विमानस्थलबाट  काठमाडौँ पठाइएको छ ।

    फोटाे सौजन्य: हाम्रो दृष्टि

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै