टाेखालाइभ डट कम, फागुन १५
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि श्रद्धा पुर्वक वाचन र श्रवण गर्दै आएको श्री स्वास्थानी ब्रतकथा आज समापन गरिदैछ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको ब्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुदै आएको मानिन्छ ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा टाेखा चण्डेश्वरीमा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइचो लाग्ने गरेको छ ।
ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्री स्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुन्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
ब्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी,पान, सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरा र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाकी ब्रतालु स्वयंले खाने प्रचलन छ ।

