टाेखालाइभ डट कम , फागुन १४
वृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:को संयुक्त आयोजनामा आज शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने काठमाडौंको बालाजु बाइपासमा सडक विस्तार विरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारलाइ निहुँ बनाई मुद्दा चलाउन खोज्नु, गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको वृहत नागरिक आन्दोलनले जनाएको छ ।

गैर न्यायिक सडक बिस्तार बिरुद्दका अभियन्ता सुमन सायमी रविन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ, संजय तामाङ पक्राउलाइ महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तार गरेकोमा बृहत नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:ले संयुक्तरूपमा विरोध जनाएको हो ।
सडक विस्तारको नाममा सो स्थानका ३९ निजी घरहरूमा डोजर लगाउने, स्वबासीहरूलाई उठिबास गर्ने , न्यायिक आवाज उठाउने , मानवाधिकारको चरम उलंघन गरि दमन गर्ने क्रम बिगत ७ बर्ष देखि क्षति पूर्ति या पुनर वास को माग गर्दै बालाजु बाइसधारा क्षेत्रका बासिन्दा र अभियन्ताहरूले संघर्ष गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको निजी सम्पत्तिसम्बन्धी हक–अधिकारको हनन, पीडितहरूमाथि निरन्तर दमन र अभियन्ताहरूको गिरफ्तारी आफैंमा प्रतिगमन हो’ विज्ञप्तिमा भनिएको छ ।
त्यसमाथि प्रहरी वृत्तभित्र पीडितहरू र अभियन्ताहरूलाई आफ्नो मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारमा कुटपिट गर्नु, गालीगलौज गर्नु र मुद्दा चलाउन निहुँ बनाउनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक काम भएको बृहत नागरिक आन्दोलनले उल्लेख गरेको छ ।२०७३ साल चैत ८ गते सर्वोच्च अदालतले छलफलमार्फत् टुंगो नलागेसम्म सो क्षेत्रमा घर–आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने काम नगर्न उपत्यका बिकाश प्राधिकरण ,उपत्यका सडक बिस्तार आयोजना,उपत्यका बिकाश प्राधिकरण जिल्ला आयुक्त कार्यालय , काठमाडौँ महानगर पालिका र महानगरीय प्रहरी बालाजु वृत्त समेतलाई अन्तरकालीन आदेश जारी गरेको थियो ।
नागरिकहरूको मातृभाषामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै पीडित र अभियन्ताहरूलाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दै त्यसलगत्तै नागरिक आन्दोलनको जुलुस माइतीघर मन्डला परिक्रमा गरि जमल हुँदै कमलपोखरी पुगेका थिए । संयुक्त टाेलीले कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेको विरोधमा वृहत नागरिक आन्दोलनमा सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएको हो ।

त्यसै क्रममा प्रहरीसँग आन्दोलनका सहभागीको झन्डै हात हालाहालको स्थिति सिर्जना हुन पुगेको थियो ।त्यसपछि वृहत नागरिक आन्दोलनमा सहभागीहरुले कमलपोखरीको माटोको टीका लगाएर ‘कमलपोखरी मास्न पाइँदैन’, कमलपोखरी जनताको हो भन्दै नारा लगाएका थिए । आन्दोलनका सहभागीले माटोको मौलिक पोखरी बनाएर पानी जम्मा पारेका छन् । उनीहरुले विकासका नाममा मौलिकता नमास्न समेत आग्रह गरेका थिए ।

