• TOKHA LIVE

    • १३ फाल्गुन २०७७, बिहीबार ०८:१२

    सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ:-

    काठमाडौं , फाल्गुण १३

    वालाजु वाईपास क्षेत्रमा निर्माणाधिन वालाजु सुचना केन्द्रबाट अभियान्ता रविन्द्रकुमार श्रेष्ठका अनुसार सम्पदा अभियान्ता सुमन सायमी सहित महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ र संजय तामाङ गरि ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अदालतले निर्माण रोक्न स्टे अडर दिएको ठाउँमा काठमाडौं महानगरपालिका अन्गर्तत गठित उपभोक्ता समितिले सुचना केन्द्र बनाउने कार्य सुरु गरेको विरोधमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए।
    अभियान्ता श्रेष्ठले भने,‘स्टे अडर भएको ठाउँमा यसरी जर्वजस्ती सुचना केन्द्र बनाउन खोजेपछि रोक्न खोज्दा उनीहरुलाई पक्राउ गरेको हो, यो राज्यको दादागिरी हो ।’
    प्रहरीले पक्राउ परेकाहरुलाई तत्काल नछोड्ने बताउँदै उनले भने,‘ उपभोक्ता समितिको क्षति भएको भएकोले छोड्न नमिल्ने भनेको छ, जबकी त्यहाँ काम अबैधनिक ढंगबाट भईरहेको अभियन्ता रविन्द्रकुमार श्रेष्ठको भनाइ छ।

    यस अघि पनि पटक–पटक यस क्षेत्रका राज्यले सडक विस्तारको नाउँमा निजी सम्पतीमा डोजर लगाएर भत्काउने काम गरिरहेको श्रेष्ठले बताए । – महानगरखवरबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै