• TOKHA LIVE

    • ११ फाल्गुन २०७७, मंगलवार २१:००

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला, अधिबेशन बोलाउन आदेश ।

    फागुन ११ (काठमाडौ), सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो।प्रतिनिधि सभा पुनर्स्थापना संगै १३ दिन भित्र संसद अधिबेशन बोलाउन सम्मानित सर्बोच्च अदालतको आदेश ।।

    पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम असंवैधानिक भएकाले बदर हुनुपर्ने मागसहित १३ वटा रिट दायर भएको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेको संवैधानिक इजलासमा विघटनको मुद्दा २ महिनादेखि विचाराधिन अवस्थामा रहेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् ।

    यस कदम बिरुद व्यापक रुपमा नै बिरोध भएको थियोे त्यस्को परिणाम स्वरुप र त्यस कदम विरुद्द सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै