टाेखालाइभ डट कम / काठमाडौं ।
सर्वाधिक चर्चित भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन अहिले दिउँसो ३ बजेबाट सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।
अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा भित्र्याएको हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्धको रेकर्ड समेत हाे ।

यस अघि याे संस्करणकाे अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरकाे नाम आएकाे थियाे तर उनलाई यो पटक कुनै पनि टिमले अनुबन्ध गरेन ।
उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे थियोे ।

