टाेखा लाइभ, जेठ १८ काठमाडौं । काठमाडौंको मुख्य भागबाट डेढकाेस टाढा रहेको हाल टाेखा नगरपालिकामा विभिन्न समयमा हरेक क्षेत्रबाट यो नगरको नाम चिनाउन सफल भएको छ।भौगोलिक ,सास्कृतिक,राजनीतिक र खेलकुदबाट पनि यो ठाँउको चिनारी बनिसक्यो भन्दा फरक नपर्ला ।खेलकुदकै कुरा गर्दा खेलकुदमा बिगतमा यहाँका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो ठाँउ चिनाउदा लाग्छ कतै यो ठाँउ खेलाडी उत्पादन गर्ने कारखाना त होइन, भन्ने प्रस्न उठ्छ? कहिले एथलेटिक्स ,कहिले फुटबल ,कहिले सेपाकताक्रो, कहिले क्रीकेट आदि खेलमा राष्ट्रियस्तरमा’ टाेखा चिनिएको सर्वबिदितै छ। अहिले फेरि एउटा खेलबाट छाेटाे समयमै चर्चित बनेकी खेलाडी हुन् मुस्कान डंगोल। उनी बक्सिङ खेलमा नवउडिएमान महिला बक्सिङ खेलाडी हुन्। टाेखाका स्थानीयवासी बुबा सबिन्द्र डंगोल र आमा ज्ञानि डंगोल बाट २०५६ माघ १८ गते जन्मिएकी मुस्कान डंगोल सानै देखि निडर स्वभावकि भएको बताएकी छिन। सायद त्यसैले होला अहिले धेरै सजिलो भएको छ उनले बताइन। उनलेे बक्सिङ खेलमा लागेको भर्खरै एक वर्ष भएको छ। मुस्कानको बक्सिङमा पहिलो सफलता भनेको पहिलो राष्ट्रियस्तरको प्रतियोगिता ‘ यु-१९ महिला तथा पुरुष खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७६’ कार्तिक १६-२० सम्म नेपाल बक्सिङ संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषदमा भएको उक्त बक्सिङ रिङमा रजत पदक हासिल गरेकी थिइन।
‘बक्सिंग एक लडाई खेल हो जहाँ दुई व्यक्ति, प्रायः सुरक्षात्मक ग्लोभज लगाउँदछन्, बक्सिङ रिङमा उत्रन्छन ।निर्धारित समयको लागि एक अर्कामा पंचहरू फ्याँक्छन्। एमेच्योर बक्सिङ दुबै ओलम्पिक र विश्व च्याम्पियनसिप खेल हो र प्रायः यसको आफ्नै विश्व च्याम्पियनशिपहरू भएको उनलेे बताइन् ।
ड्याडिले खेल्नुपर्छ भनेर सधै सपाेर्ट गर्नुहुन्छ भने ममिले पनि खेलमा लाग्न प्रोत्साहन गर्नेगरेको ऊनीले बताइन् ।मुस्कानलाई मनपर्ने महिला बक्सिङ खेलाडीमा राष्ट्रिय बक्सिङ खेलाडी सुस्मा तामाङ हुन।उनी नक्साल बक्सिङ क्लबमा उहाँको फुटस्टेप देखेर प्रभावित भएको बताइन् ।
हाल यति हेल्थ साइन्स एकेडेमीबाट ल्याब टेक्निसियन पुरा गरेकि मुस्कान डंगोलले शारीरिक ब्यायाम फिटनेस र शरीर आत्मरक्षाको लागि अरुको भर नपरिकनै आफ्नै सुरक्षा गर्नको लागि पनि बक्सिङ सिकेको बताइन् ।उनी नियमित जसो गेम खेल्नको साथै नक्साल क्लबमा प्रशिक्षण लिन जाने गरेको बताइन।उनले बक्सिङ गुरु राजकृष्ण महर्जन र नवीन तण्डुकरबाट नक्साल क्लबमा बक्सिङ कोर्स प्रशिक्षण लिइरहेकी बताइन।
हालसालै भक्तपुरमा वीर गणेशमान स्मृति बक्सिङ च्याम्पियनसिपमा कलेजको परिक्षाले गर्दा खेल्न नपाएको बताएकी मुस्कानले हाल विस्वभर महामारी काेभिड-१९ कोरोना भाइरसका कारण देशभर भैरहेको लकडाउनले गर्दा आफ्नो खेल पनि प्रभावित भएको बताइन।स्पाइरिङ गर्न पाएको छैन, पन्चिङ ब्याग हान्न पाएको छैन। आफू सामन्य शारीरिक ब्यायाममै चित्त बुझाउनु परिरहेको मुस्कान डंगोलले आफ्ना शुभ चिन्तकहरुमा कोरोना भाइरसबाट बच्न लकडाउनको नियम पालना गरि घर्मै बसौ र सामान किन्न जादाहोस् या बाहिर निस्कदा मास्कको प्रयोग गर्न नबिर्सौ र भिडभाडमा जादा सामाजिक दुरि कायम गरि बसौ साथै साबुनपानीले आफ्नो हात मिची धोइपखाली ह्यान्ड स्यानिटाजरको प्रयोग गर्न पनि सबैलाई आव्हान गरिन।
बक्सिङ खेलाडी मुस्कान डंगोलसंग सानुराज डंगोलले गरेको कुराकानीमा आधारित।


